२० बैशाख २०८१, बिहिबार
Header

अभिनेता अनमोल केसी रिहा


प्रकाशित: आईतवार, १४ असोज २०८०, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन । 


आईतवार जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ । 


प्रहरीले चाहेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरी हिरासतमा राखेका थिए । 


निर्माण हुन लागेको चलचित्र ‘रावायण’ को आर्थिक लेनदेन विवादमा निमात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन । 


सम्बन्धीत समाचारः अनमोललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

                                 : पैसा लिएर पनि फिल्म खेल्न नमानेपछि अनमोल केसी पक्राउ



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD