२३ बैशाख २०८१, आइतबार
Header

पैसा लिएर पनि फिल्म खेल्न नमानेपछि अनमोल केसी पक्राउ


प्रकाशित: शुक्रवार, १२ असोज २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । 


उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले अभिनेता केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । 


प्रहरीका अनुसार रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।

 
साँझ साढे ५ बजे उनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ । 


केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका तर फिल्म खेल्न नमानेपछि निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन ।


सोही उजुरीको आधारमा केसीलाई पक्राउ गरिएको हो । यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD