५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

पशुपती गौशाला धर्मशालामा महानगर वोर्ड 


प्रकाशित: बुधवार, २३ असोज २०८१, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिको गौशाला धर्मशालामा महानगरको बोर्ड राखेको छ । 


बुधवार प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको हो । वोर्ड राख्ने क्रममा माडवाडी समाज र नगरप्रहरीविच धकेलाधकेल समेत भएको थियो ।


पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाविच धर्मशाला सञ्चालन गर्ने विषयमा सम्झौता भएलगत्तै महानगरले धर्मशाला खाली गर्न नगर प्रहरी पठाएका थिए । 


मारवाडी सेवा समितिले भने सो कार्यको विरोध गर्दै नारावाजी गरेका थिए । उनीहरुले मुद्दाको अन्तिम टुंगो नलागेसम्म धर्मशाला खाली नगर्ने भन्दै प्रदर्शन गरेका थिए । 


धर्मशाला खाली गराउन काठमाडौं –८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो।


महानगर प्रहरीले मंगलवारनै  आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न माइकिङ भएको थियो ।


२०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गर्ने गरी सम्झौता भएको थियो ।


सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।


सम्बिधीत समाचारः गौशाला धर्मशाला सञ्चालनको लागि महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेश
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika