२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गौशाला धर्मशाला सञ्चालनको लागि महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेश 


प्रकाशित: मंगलवार, २२ असोज २०८१, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । पशुपतिको गौशाला धर्मशाला अब महानगरपालिकाले सञ्चालन गर्ने विषयमा कार्यपालिका बैठकमा पेश भएको छ । 


मंगलवार बसको महानगरको ३६औं नगरपालिकाको कार्यपालिका बैठकमा बैठकमा काठामडौं महानगर वडा–८ का वडा अध्यक्ष समेत रहेका पर्यटन तथा सम्पदा समिति संयोजक आशामान संगतले विकास कोषले पठाएको पत्र पढेर सुनाएका थिए ।  


मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको पशुपतिको गौशाला धर्मशाला काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने भनी पशुपति क्षेत्र विकास कोषले निर्णय गरी सम्झौताको लागि पत्र पठाएपछि सोही पत्र संगतले पढेर सुनाएको हो । 


पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । 


२०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गर्ने गरी सम्झौता भएको थियो ।


सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।


कोषले आइतबार महानगरलाई पठाएको पत्रमा गौशाला धर्मशाला सामाजिक र धार्मिक काम गर्न प्रयोग गर्नुपर्ने उल्लेख छ । 


कार्यपालिका बैठकमा महानगर–७ का वडा अध्यक्ष विमल होडा, ३० वडा अध्यक्ष दलबहादुर कार्कीले धर्मशाला सञ्चालनबारे गहन छलफल गरेर मात्र अघि बढनु पर्ने सुुझाव दिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex