काठमाडौं । काठमाण्डौं उपत्यकाको बाग्मती र विष्णुमती नदीमा जलसतह पार गरेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो २ः३० बजेसम्म बागमतीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो ।
विभागले जलसतर्ककता तह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसै विच काठमाडौं महानगरपालिकाले विहिवार राती देखि लगातार परिरहेको झरीले उपत्यकाका नदीहरूमा पानी प्रवाह उच्च भएकोले पानी जमेको सकड र नदी किनारामा नजान अनुरोध गरेको छ ।
महानगरले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवगमन अवरोध नगर्न समेत अनुरोध गरेको छ ।
यसैगरी जलजन्य जोखिम भए महानगरको ११८० वा महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न सूचित गरेको छ ।
सम्बन्धीत समाचारः आइतवारसम्म अति बर्षा हुने, शुक्रवार र शनिवार बस नचलाउन अपिल
Categorized in राष्ट्रिय