काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।
प्राधिकरणले अति बर्षाको कारण उच्च जोखिम हुने हुँदा हिमाली तथा पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल समेत गरेको छ ।
प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो अपिल गरेको हो । सातै प्रदेश कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिमका जिल्लाहरुमा भारी बर्षा हुने जनाएको छ ।
जारी अपिलमा समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ ।
खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा राख्न, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न प्राधिकरणले आग्रह गरेको छ ।
हेर्नुहोस विज्ञप्तीः

Categorized in राष्ट्रिय