२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुर हनुमानढोका क्षेत्रका स्थानीयको सवारीसाधन प्रवेश दिन माग


प्रकाशित: शुक्रवार, २९ असार २०८०, १८ः५० बजे
- अजय खड्गी

काठमाडौं । विश्व सम्पदा बसन्तपुर हनुमानढोका क्षेत्रका स्थानीयवासीको सवारी साधानलाई प्रवेश दिन माग उठेको छ । 


शुक्रवार काठमाडौं महानगरपालिकाको १३ औं नगरसभाको बैठकमा कामपा २३ वडाका अध्यक्ष मचाराज महर्जनले सम्पदा क्षेत्रका स्थानीय वासीहरुको सवारी सधानलाई निषेध गर्न व्यवहारिक नभएको बताएका छन । 


उनले सम्पदा क्षेत्रका वडाहरु १९, २३, २४, २० का वडा अध्यक्षहरु तथा स्थानीयहरु विच सम्पदा क्षेत्रमा सवारी साधान कसरी प्रवेश गराउने तथा व्यवस्थापन गरिने भन्ने विषमया व्यापक छलफल भएको सुनाएका थिए ।


असार ३१ गते सम्म निष्कर्ष निकाल्ने गरी काम भएकोले सो बैठकमा उनले मेयर बालेनलाई समेत बैठकमा सहभागी हुन आग्रह गरेका छन । 


उनले भने,‘२०५८ सालको सहमति कार्यन्वय गर्नुु पर्छ, स्थानीयहरुको मागको व्यवस्थापन, जुन घरमा उनीहरुलाई थुनिराखेका छौ, के पाप गरेको छ उनीहरुले, त्यस्तो गर्न पाईन्छ कि पाईदैन, कसैको अधिकार प्रयोग गर्न अरुको अधिकारलाई पनि ध्यान दिनुपर्छ ।’


पुरातत्व विभागले पनि पत्र पठाएर स्थानीयको सवारी सधानलाई व्यवस्थित गर्ने गरी कार्यक्रम लागु गरेकोमा विभाग सहज भएको भन्ने आशसयको साथ पत्र पठाएकोले सो तर्फ ध्यान दिन पनि उनले प्रमुख बालेनलाई ध्यानाकर्षण गराएका थिए । 

सम्बन्धीत समाचारः बसन्तपुरमा सवारी साधन प्रवेश निषेधपछि देखिएका दृश्यहरु (तस्वीरहरु)

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex