२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा सवारी साधन प्रवेश निषेधपछि देखिएका दृश्यहरु (तस्वीरहरु)


प्रकाशित: सोमवार, २५ असार २०८०, २०ः२० बजे
- अजय खड्गी

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर हनुमानढोका परिसरभित्र अहिले सवारी साधन प्रवेश पूर्ण रुपमा निषेध गरिएको छ । 


काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको पहिचान र मौलिकतालाई जोगाउन, सौन्दर्य, शान्तमय बातावरण निर्माण गरी पर्यटकलाई आकर्षित गर्नुुको साथै विश्वमा सानसँग देखाउनको लागी भन्दै अहिले सो क्षेत्रमा सवारी प्रवेश निषेध गरेको जनाएको छ । 

 


काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले पनि बसन्तपुर हनुमानढोकाको महत्व दर्शाउँदै प्रवेश निषेध गरेको जानकारी गराएका छन । 


यस अघि सो क्षेत्रमा रहेको कार्यलय, स्थानीय, सैनिक, प्रहरी, भिआईपी लगायतकाहरुलाई प्रवेश दिएको थियो भने सर्वसाधरणका सवारी साधानलाई प्रवेशमा रोक लगाएको थियो । 

 


महानगरले प्रवेश निषेध गरेपनि केही दिन अटेर गरेर सो क्षेत्रमा प्रवेश भईरहेको भिडियो, समाचारहरु सार्वजनिक भएपछि महानगरले महानगर प्रहरीनै खटाएर कडाई गरेपछि अहिले सो क्षेत्रमा सवारी साधन भने पूर्ण रुपमा निषेध देखिएको छ ।  


यस विषयमा हनुमानढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यसँग महानगरखबरका प्रतिनिधिले प्रतिक्रिया लिने खोज्दा सो विषयमा वडा अध्यक्षहरुसँग कुरा गर्न भन्दै पन्छिएका छन । 

 

 

 

 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex