१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विवरण सार्वजनिक नगर्ने अस्पताललाई कारवाही गरिने स्वास्थ्य मन्त्रीको चेतावनी


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नियमनुसार निःशुल्क उपचार पाउनेहरुको विवरण सार्वजनिक नगरे कारवाही गर्ने बताएका छन ।


मन्त्री बस्नेतले विपन्न, असाहय, वेवारिसे तथा लक्षित वर्गको लागि छुट्टाएको १० प्रतिशत सिट अस्पतालहरुले आ–आफ्नो वेवसाईटमा सार्वजनिक नगरे कानुुनी प्रक्रिया अनुसार कारवाही गरिने चेतावनी द्यिएका हुन । 


शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्ने क्रममा सो वताएका हुन । 


उनले भने, ‘जसले सम्झौता अनुसार सेवा दिएको छैन, कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौं ।’


मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए ।



सम्बन्धीत समाचारः अस्पतालले विवरण नदिएपछि बालेनले भेटे स्वास्थ्य मन्त्री
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex