१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अस्पतालले विवरण नदिएपछि बालेनले भेटे स्वास्थ्य मन्त्री


प्रकाशित: बुधवार, १७ जेठ २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई भेटका छन ।


बुधवार प्रमुख बालेनले महानगरभित्रका ६८ अस्पतालले निसहाय, विपन्न, वेवारिसे एंव लक्षित वर्गलाई अस्पतालले दिनु पर्ने १० प्रतिशत निःशुल्क सेवाको विवरण महानगरलाई नबुुझाएपछि मन्त्री बस्नेतललाई भेटेका हुन ।

 


उनले मन्त्री बस्नेतलाई ती अस्पतालबारे ध्यानाकर्षण गराउँदै नियमन र कारवाही गर्न अनुरोध गरेको छ । 


ध्यानकर्षण गराएको ७ दिनभित्र ती अस्पतालाई कार्वाही नगरे महानगरले अस्पतालको प्रशासन बन्द गर्ने प्रमुख बालेनले चेतावनी दिएका छन । 


‘यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।’ उनले भने । 


यस यघि काठमाडौँ महानगरपालिकाले मिति २०८० जेठ ६ गते सार्वजनिक सूचना जारी गरेर विवरण माग गरेका थिए । 


काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने व्यवस्था रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex