४ भाद्र २०८३, बिहिबार
Header

सर्वोच्चले भन्यो – बालनेसँग तत्काल जरिवना नलिनु


प्रकाशित: बुधवार, ३ फागुन २०७९, १८ः२० बजे
- महानगरखवर

काठमाडौं ।सर्वोच्च अदाललने तत्काल काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन) सँग जरिवाना रकम असुलन नगर्न अन्तरिम आदेश दिएको छ । 


प्रमुख साहले यस अघि निर्वाचन आयोगविरुद्ध आयोगको जरिवना असुल्ने निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।  


सोही रिटमा सुनुवाई गर्दै बुधबार संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।


अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको हाहे ।
आदेशको पूर्ण व्यहोरा भने आउन बाँकी छ ।


निर्वाचन आयोगले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा समयमै निर्वाचन खर्च विवरण नबुझाउनेहरुलाई जरिवना तोकिएको छ । सोही क्रममा काठमाडौं महानगर प्रमुख साहले पनि खर्च विवरण नबुझाएको भन्दै  ७ लाख ५० हजार  जरिवना रकम तोकेको छ । 


सम्बन्धीत समाचारः बालेन पुगे सर्वोच्च !

asteriskhubs
Home Page Bottom Second


maharjan complex