४ भाद्र २०८३, बिहिबार
Header

बालेन पुगे सर्वोच्च !


प्रकाशित: मंगलवार, १९ पुस २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले गरेको जरिवाना रकमविरुद्ध काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन) सर्वोच्च अदालत पुगेका छन । 


प्रमुख साहले आयोगविरुद्ध कानुन उपचार खोज्नको लागि सर्वोच्चमा रिट दायर गरेका हुन । 


आयोगले स्थानीय निर्वाचनको खर्च विवरण प्रमुख साहले समयमै नबुझाएको भन्दै ७ लाख ५० हजार जरिवाना तोकेको छ । सो जरिवाना रकमविरुद्ध प्रमुख साहले रिट दायर गर्दै मुद्दाको किनारा नलागेसम्म आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन ।


प्रमुख साहले भने आफूले समयमै खर्च विवरण आयोगलाई बुझाएको दावी गरेका छन । उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको बताएका छन । 


निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने आयोगको नियम छ । बैशाख ३० गते स्थानीय निर्वाचन सम्मपन्न भएको थियो । 


सो समयभित्र विवरण नबुझाए जरिवाना तोक्ने, निर्वाचनमा ६ बर्षसम्म भाग लिन नपाउने र निर्वाचित भए पदसम्म खारेज हुने छ । 


यस अघि उनले आयोगमा जरिवाना मिनाह गरिपाउँ भनि निवेदन समेत गरेका थिए । यस विषयमा आयोगले कुनै निर्णय भने गरेका छैन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex