काठमाडौं । अमेरिका पोर्टल्यान्ड, ओरेगन बस्ने दया शाक्यले नेपाल भाषाको वायोपिक चलचित्र‘इन्दिरा धिमें मैचा’ हेरेपछि एक छोटो समिक्षा लेखेका छन ।
उनले चलचित्रको कथा बस्तु उत्कृष्ट र सटिक रहेको चर्चा गरेर आम दर्शक समक्ष समिक्षा लेखेका छन ।
उनले यस चलचित्र प्राचीन अन्धविश्वास, परम्परा र नारीसँग सम्बन्धित सामाजिक कलंकबारे निर्माण गरिएको यो चलचित्र एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन ।
प्राचीन परम्परा अनुसार महिलालाई ‘नासाः द्यो’ नामक संगीत र नृत्यका देवस्थानमा जान वा पवित्र ढोल छुन नपाइने मान्यता थियो उनले भने, ‘इन्दिरा ती अन्धविश्वास र सामाजिक कलंक तोड्न जन्मेकी पात्र हुन, जुन उनको लागि अवरोध होइन, अवसर हो ।’
नेपाल संवत ११४६ को नयाँ वर्ष सुरु भएलगत्तै, आफूले पोर्टल्यान्ड, ओरेगनस्थित नेपाल छें नामक गैरनाफामूलक संस्थाको आयोजनामा चलचित्र इन्दिरा धिमाये मैंचा हेर्ने अवसर पाएको उल्लेख गरेका छन ।
चलचित्र २ घण्टा ५ मिनेटको भए पनि यसमा प्रेम, दुःख, हाँसो, आँसु र संवेदना सबै समेटिएको उनले आफ्नो समिक्षामा लेखेका छन ।
‘चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म आकर्षित गरिराख्छ । पटक–पटक समय कसरी बित्छ थाहा नै हुँदैन । म यो चलचित्रलाई मेरो सबैभन्दा राम्रो अनुभव मान्छु, किनकि यसको लेखन र छायांकन निर्देशक श्री सुरेन्द्र तुलाधरको उत्कृष्ट योगदान हो ।’ उनले भने ।
प्रत्येक दृश्यले दर्शकका लागि पनि पुरातन सांस्कृतिक प्रस्तुतिहरूलाई स्पष्ट रूपमा बुझ्ने मौका दिन्छ । यसले आधुनिक जीवनशैलीमा व्यस्त भएर पुराना सांस्कृतिक भवन र बस्ती छोडिरहेका मानिसहरूलाई पनि आफ्नो पहिचान सम्झाउने काम गर्ने उल्लेख गरेका छन ।
भक्तपुरकी साधारण युवतीको जीवनकथामा आधारित भए पनि, यसले संगीत र नृत्य संस्कृतिको संरक्षण र नयाँ पुस्तालाई त्यसप्रति प्रेरित गर्ने सन्देश दिएको उनको भनाई छ ।
उनले भने,‘अन्तिम दृश्यमा मुख्य पात्रको दृढता, अभिभावकको माया र सहानुभूति देख्दा आँखा रसाउँछ ।’
यो चलचित्रले देखाएको पारिवारिक भावना र परम्पराप्रतिको सम्मान अत्यन्त हृदयस्पर्शी रहेको उनले उल्लेख गरेका छन ।
चलचित्रमा नेपालको आधुनिक नेपाल भाषी चलचित्र उद्योगको उत्पादनमा आएको सुधार देखेको उनको अनुुभव छ ।
यो चलचित्र नेपालको पहिचान झल्काउने एक उत्कृष्ट कृति हो, जसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत नेपालको सांस्कृतिक प्रतिनिधित्व गर्न सक्ने उनले विश्वास लिएका छन ।
यो चलचित्र नेपालमा विभिन्न हलहरुमा प्रदर्शन उनले चलचित्रका निर्देशक सुरेन्द्र तुलाधरले जानकारी दिएका छन ।
आगामी कात्तिक २२ गते सिडिसी सिनेमा, सिटिसी मल सुन्धारमा दिउँसो १ः३० बजेको शो, रन्जना सिनेप्लेक्स ११ः३० बजेको शो रहेको छ ।
त्यसैगरी, कात्तिक २९ गते पनि रन्जना सिनेप्लेक्स ११ः३० बजेको शो रहेको छ भने बनेपाको बामेल १२ः०० बजेको शो रहको छ ।
चलचित्रको टिकट मूल्य भने ५ सय र ७०० रहको छ । यस अघि कात्तिक १५ गते काठमाडौंको विश्वज्योती र कीर्तिपुरमा प्रदर्शन भईसकेको छ ।
यस चलचित्रलाई यतिखेर दर्शकहरुले एकदमै रुचाएको देखिएको छ ।
चलचित्रको कथा पढ्न यस लिंकमा क्लिक गर्नुहोस:“इन्दिरा धिमे मैंचा” कात्तिक १५ गते विश्वज्योति र कीर्तिपुरमा प्रदर्शन हुँदै
Categorized in मनोरन्जन