२४ आश्विन २०८३, शनिबार
Header

सामाजिक सुरक्षा भत्ता लिन गरिएको राष्ट्रिय परिचयपत्र अनिवार्य विरुद्ध रिट


प्रकाशित: आइतवार, २ असार २०८१, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले देशका विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।


अधिवक्ता विमल पोखरेलले मन्त्रिपरिषदले गरेको उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन ।


मन्त्रिपरिषदको गत जेठ २४ गतेको गरेका उक्त निर्णयका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्नेहरुले सामाजिक सुरक्षा भत्ता नपाउने अवस्था आएको र यसले वृद्धवृद्धा, अपांगता भएका व्यक्ति एकल महिला लगायत भत्ता बुझ्दै आएकाहरुमा डरत्रासको सिर्जना भएको रिटमा उल्लेख गरिएको छ ।


समाजिक सुरक्षा भाको भरमा औषधि उपचार खाना कपडाको व्यवस्था गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई गम्भीर असर पर्ने भन्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।


सम्बन्धीत समाचारः सामाजिक सुरक्षा भत्ताका लागि यी २८ जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex