२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सांस्कृतिक कार्यक्रमको लागि पूर्व अनुमति लिने बुँदा संशोधन गरिने


प्रकाशित: शुक्रवार, २६ साउन २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । हनुमानढोका दरवार संरक्षण कार्यक्रम प्रमुख चन्द्र गोपाल प्रधानले बसन्तपुर हनुमानढोका परिसरमा गरिने स्थानीय सांस्कृतिक परम्परा कार्यक्रमको लागि पुर्व अनुमित लिने बुँदा संशोधन गरिने बताएका छन ।


कार्यक्रम प्रमुख प्रधानले विश्व सम्पदा क्षेत्र हुनुमानढोका परिसरमा हुने कुनै पनि स्थानीय सांस्कृति, परम्पराका कार्यक्रममा कुनै रोकछेक लगाउने महानगरको नीति नभएको र जारी सुचनाको ९ नम्बर बुँदा संसोधन हुने जानकारी दिए । 


बुँदा नम्बर ९ मा भनिएको छ,‘ कुनै पनि राजनैतिक सभा, सम्मेलन एवं कार्यक्रम गर्न नपाईने । स्थानीय सांस्कृतिक एंव दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमको लागि महानगरको पूर्व स्वीकृति चाहिने ।’

 


यसै बुँद्धाप्रति स्थानीय, अभियान्ता तथा संस्कृतिकर्मीहरुको चर्को विरोध भएपछि सो बुँदालाई संसोधन गरेर पुनः सुचना प्रकाशित गर्ने प्रधानको भनाई छ । 


सम्बन्धीत समाचारः बसन्तपुर हनुमानढोका परिसरमा यी १० कार्यहरु गर्न निषेध

asteriskhubs
Home Page Bottom Second


maharjan complex