२४ बैशाख २०८१, सोमबार
Header

बसन्तपुर हनुमानढोका परिसरमा यी १० कार्यहरु गर्न निषेध


प्रकाशित: शुक्रवार, २६ साउन २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर हनुमाढोका परिसरमा विभिन्न १० कार्यहरु गर्न निषेध गरेको छ । 


हनुमानढोका दरवार संरक्षण कार्यक्रमले एक सुचना जारी गर्दै दरवार क्षेत्रको खुला स्थानमा धुुम्रपान, मध्यपान गर्न नपाईने, पर्यटकलाई असहज किसिमले समानहरु विक्री गर्न नपाईने, माग्ने, चियाँ मकै बेच्न नपाईने भएको छ ।


त्यसैगरी, रातको समयमा दरवार परिसरमा सुत्न, बास बस्न नपाईने, खेलकुद जन्य अन्य गतिविधि गर्न नपाईने, पोष्टर तथा विज्ञापन गर्न निषेध गरेको छ ।


दरवार क्षेत्रमा चलचित्र छायांकन, नाचगानजन्य अन्य गतिविधि एंव अन्य भिडियो खिच्ने कार्यहरु सम्बन्धीत निकायको अनुमति विना गर्न नपाईने सुचना जारी गरेको हो । 


कुनै पनि राजनीतिक सभा सम्मेलन एंव कार्यक्रमहर गर्न नपाईने, प्राचिन स्मारक तथा धार्मिक आस्थामा आउने कुुनै पनि कार्यहरु गर्न नपाइने ।


स्थानीय संस्कृति एंव दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमको लागि महानगरको पूर्व स्वीकृति चाहिने भएको छ ।


यस अघि सो क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिसकेको अवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD