१५ चैत्र २०८०, बिहिबार
Header

सहिद सप्ताहः  सहिद शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण


प्रकाशित: मंगलवार, १० माघ २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १० गते मंगलवार (आज) बाट सहिद सप्ताहका कार्यक्रम सुरु गरेको छ ।


आज पहिलो दिन टेकुस्थित मचलीमा सहिद शुक्रराज शास्त्रीको शालिकमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले पुष्पगुच्छा अर्पण गरेका छन ।


सो अवसरमा अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारीसहित सर्बसाधारणले पुष्पगुच्छा चढाएका थिए । यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण  सुरु गरेको हो । 


कार्यक्रममा महानगरकी उपप्रमुख डंगोलले शास्त्रीको योगदानका विषयमा गर्दै नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान रहेको बताईन । 


त्यसैगरी वडा १२ का अध्यक्ष बालकृष्ण डंगोलले पनि आफ्नो भनाई राखेका थिए ।  कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा। माधवप्रसाद उपाध्यायले शास्त्रीको बारेमा बोलेका थिए। 


यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ । 


चार सहिदबारे विस्तृत पढौंः काठमाडौं महानगरले सहिद सप्ताह मनाउँदै
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD