१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरले सहिद सप्ताह मनाउँदै


प्रकाशित: शनिवार, ७ माघ २०७९, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १० गतेबाट सहिद सप्ताह मनाउने भएको छ ।


शुक्रवार महानगरकी उपप्रमुख सुनिता डंगोलको संयोजक्त्वमा बसेको मूल समारोह समितिले माघ १० गते देखि १६ गते सम्म सहिदको शालिकमा मल्र्यापण र स्मृतिसभाको आयोजना गरी मनाउने निर्णय गरेको छ ।


माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ भने माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । 


वि.स. १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको स्थानमा र १६ गते लैनचौरमा सबै ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो । 


प्राणदण्ड पाएका ४ जना सहित र त्यसपछि भएका राजनीतिक परिवर्तनका क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । 


वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । 


सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गते विच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । 


त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । 


जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । 


माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD