काठमाडौँ । यातयात मजदुर संगठनहरुले मंगलावर आव्हान गरेको बन्द यातायात सरकारसँग भएको सहमित पछि सुचारु भएको छ ।
आज विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठसँग भएको सहमतिसँगै यातायात मजदुर संगठनले यातायात संचालन गर्ने सहमति गरेका थिए ।
सोमवार मजुदुर संगठनले सरकारसँग पेश गरेको पूर्व १० बुँदे माग राखी हड्ताल गरेका थिए । प्रदर्शनकै क्रममा केही व्यहिक्तहरुले आन्दोलनकारीमाथि आक्रमण गरेको भन्दै प्रदर्शनकारी तोडफोडमा उत्रेका थिए ।
सोही क्रममा उनीहरुले बालाजुस्थित माछापोखरीमा रहेको ट्राफिक प्रहरी विट जलाउनुका साथै प्रहरीको २ वटा भ्यान समेत जलाएका थिए ।
आन्दोलनकै क्रममा बालाुजस्थित गोंगबु क्षेत्रमा रहेको लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेका थिए ।
सो घट्नामा संग्लनहरुलाई पक्राउ गरी कार्वाही गरिने गृहमन्त्रालयले जनाएको छ ।
गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिएका हन ।
त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको हो ।
सम्बन्धित समाचारः बालाजु क्षेत्र तनावग्रस्त, २ वटा प्रहरी भ्यान जलाए
मंगलवारबाट काठमाडौंमा सार्वजनिक यातायात नचलाउने मजदुर संगठनको घोषणा
Categorized in स्थानिय