४ भाद्र २०८३, बिहिबार
Header

बालाजु क्षेत्र तनावग्रस्त, २ वटा प्रहरी भ्यान जलाए


प्रकाशित: सोमवार, १ फागुन २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलनको कारण तनावग्रस्त बनेको छ । 


ट्राफिक प्रहरीले जथाभावी जरिवाना असुली गरेको विरुद्ध आन्दोलनरत मजदुरले आन्दोलनको क्रममा २ वटा प्रहरी भ्यानमा आगजानी गरेका छन । 


उनीहरुले माछापोखरी चोकमा रहेका ट्राफिक प्रहरी विट समेत भत्काई दिएका छन । 


यातायात मजदुरका ३ संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन ।


उनीहरुले राखेका १० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex