काठमाडौं ।सर्वोच्च अदाललने तत्काल काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन) सँग जरिवाना रकम असुलन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रमुख साहले यस अघि निर्वाचन आयोगविरुद्ध आयोगको जरिवना असुल्ने निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।
सोही रिटमा सुनुवाई गर्दै बुधबार संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको हाहे ।
आदेशको पूर्ण व्यहोरा भने आउन बाँकी छ ।
निर्वाचन आयोगले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा समयमै निर्वाचन खर्च विवरण नबुझाउनेहरुलाई जरिवना तोकिएको छ । सोही क्रममा काठमाडौं महानगर प्रमुख साहले पनि खर्च विवरण नबुझाएको भन्दै ७ लाख ५० हजार जरिवना रकम तोकेको छ ।
सम्बन्धीत समाचारः बालेन पुगे सर्वोच्च !
Categorized in स्थानिय