५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सडक विभागले भन्यो– २ दिनभित्र न्यूरोडको सडक पुर्नस्थापना गर्नु


प्रकाशित: विहिवार, १७ जेठ २०८१, ०८ः५० बजे
- महानगरखवर

काठमाडौं । सडक विभागको अधिकार क्षेत्रमा रहेको न्यूरोड सडक सहमति विना काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न काटेको सडक पुर्नस्थापना गर्न भनेको छ । 


विभागले बुधवार काठमाडौं महानगरको नाममा पत्र लेखि २ दिनभित्र सडक यथास्थितीमा पुर्नस्थापना गर्न भनेको छ ।  


महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ ।


डिभिजन प्रमुख नारायणदत्त भण्डारीले उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनस्र्थापना गरिदिन फेरि अनुरोध गरेको हो । 


महानगरपालिकाले शनिवार न्यूरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड काटेर फुटपाथ विस्तार गर्न खोजेको थियो । यस कार्यको लागि स्थानीयसँग पनि महानगरले कुनै छलफल नगरी एकपक्षीय ढंगबाट सडक भत्काएको स्थानीयको भनाई छ । 


ऐतिहासिक सडकनै सांघुरो बनाएर फुटपाथ विस्तारको नाममा अतिक्रमण भएको भन्दै स्थानीयले निरन्तर ‘सेभ न्यूरोड’ भन्दै अभियान चलाएका छन । 


हेरौं सडक विभागको पत्रः 

 


सम्बन्धीत समाचारः न्युरोड सडक तोडफोड गर्नु कानुन विपरित, स्थानीयको विरोध प्रदर्शन
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex