काठमाडौं । काठमाडौं महानगरले कानुन मिचेर न्युरोडको सडक तोडफोड गरेको यातायातमन्त्री रघुवीर महासेठले बताएका छन ।
शनिवार महानगरले डोजर चलाएर न्यूरोडको जुद्धशालिदेखि इन्द्रचोकको सडक विस्तार गर्ने भन्दै रोड कटिंग गरेपछि मन्त्री महासेठको सो प्रतिक्रिया आएको हो ।
सडक विभाग मातहातको सो सडक अनुमति विपरित फुटपाथ विस्तार गर्ने भन्दै रोड कटिङ गरेपछि विभागले शनिवारनै विज्ञप्ती जारी गरी विरोध जनाएको थियो ।
विभागले अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरुले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।
मन्त्री महासेठले भने,‘ न्युरोडमा जुन क्रियाकलाव छ, तयो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’
शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फाल्दै महानगर प्रमुख बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए ।

यसैविच आज विहान ११ बजे फुटपाथ विस्तारको नाममा ऐतिहासिक सडक भत्काउन खोजेको विरोधमा स्थानीयवासीले चर्को विरोध गरेका छन ।
सो क्षेत्रका स्थानीय जनप्रतिनिधि, ब्यबासयी, नगरवासी, सरोकारवालासँग कुनै छलफलनै नगरी सडक भत्काएकोमा आपत्ति जनाएको छ ।
उनीहरुले नयाँ सडक बचाउँको ब्यानरमा न्युरोडको गेटमा जम्मा भई जुद्ध शालिकमा आएर कोणसभा गरेका थिए ।
सम्बन्धीत समाचारः सडक विभागको सहमति विना न्युरोडको फुटपाथ विस्तार नगर्न महानगरलाई पत्र
Categorized in स्थानिय