१२ श्रावण २०८१, शनिबार
Header

संस्कृती परम्परामा आघात पुराएका कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना


प्रकाशित: मंगलवार, १२ मंसिर २०८०, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई सामाजिक रीति स्थितिमा खलल पुराउने मुद्दामा दोषी ठहर गरेको छ । 


नेवाः संस्कृतिको मजाक उडाई आघात पुराएकोमा उनीमाथि मुद्धा दायर भएको थियो । सोही विषयमा अदालतले आईतवार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । 


मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो । 


उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो । 


कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको भिडियोमा नेवारको परम्परा शीर्षकमा राखिएको उक्त भिडिओमा नेवाः संस्कृति, परम्पराको मजाक उडाएको थियो ।


सो भिडियो सार्वजनिक भएलगत्तै नेवार समुदायले चर्को विरोध र आलोचना गरेका थिए । 


विरोध र आलोचना भएपछि अपूर्वले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए । 


नेवाः समुदायका अभियान्ताहरुले उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उनीहरूले चार वटा शीर्षकमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले सिंहलाई भदौ १२ गते पक्राउ गरेको थियो। त्यसपछि उनी ११ दिन हिरासतमा बसेका थिए । 


सरकारी वकिलको कार्यालय काठमाडौंले २०७९ कात्तिक २ गते मुद्दा दर्ता गरेको थियो । 


काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


फैसलापछि उनले यसरी हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको बताए । यसरी आदेश आउँदा जसले–जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै उनले असन्तुष्टि जनाएका छन । 


सम्बन्धीत समाचारः नेवाः संस्कृतिको मजाक बनाउने कमेडियन अपूर्वलाई पक्राउ गर्न माग
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex