१३ बैशाख २०८१, बिहिबार
Header

नेवाः संस्कृतिको मजाक बनाउने कमेडियन अपूर्वलाई पक्राउ गर्न माग


प्रकाशित: शनिवार, ११ भाद्र २०७९, १२ः४० बजे 
- महानगरखबर

काठमाडौं । नेवाः संस्कृतिमाथि मजाक गरेका एक कमेडियनलाई पक्राउको माग गर्दै नेवाः अभियान्ताहरु टेकु प्रहरी परिसर पुुगेका छन ।


कमेडि क्याफे नामक कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंहले नेवाः समुदायको भाषा, संस्कृति, रहन, सहन, बोली खानपिनलगायतका विषयलाई मजाको विषय बनाएपछि उनलाई कार्वाहीको माग गरिएको हो ।

 
प्रहरी परिसरमा पुुगेका अभियान्ताहरुले ती व्यक्तिलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्नु पर्ने भन्दै नारावाजी समेत गरेका छन । 


नेवाः सम्पदा अभियान्ता यादवलाल कायस्थ, नेवाः अभियान्ता तथा स्वतन्त्र उम्मेदवार सुमन सायमी, विद्या श्रेष्ठ लगायत ठुलो संख्यामा समुदायकका मानिसहरु उपस्थिती रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD