२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शानदार मःम ग्यास विस्फोटका २ घाइतेको मृत्यु


प्रकाशित: मंगलवार, २९ माघ २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । गत विहिवार काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।


जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुको सोमवार मृत्यु भएको बताएको छ । मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धीत समाचारः कमलपोखरीको शानदार मःम पसलमा ग्यास विस्फोट, ११ घाइते, २ गम्भीर

 

11 Ferbury 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex