काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मःममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
घाइते मध्ये २ जना गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । विहिवार विहान आठ बजेर ५० मिनेटको समयमा ग्यास लिक भई विस्फोट हुँदा आगालागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुमा घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन मगर, हेटौडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर छन् ।
सन्जोग र बिरस गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए ।
घाइतेहरूलाई तत्काल नजिकै रहेको हिमाल अस्पतालमा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पताल पठाइएको छ ।
घट्नाबारे विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ ।
6 Ferbury 2025, Thursday
Categorized in समाज