७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस


प्रकाशित: आईतवार, १४ जेठ २०८०, १२ः०१ बजे
- महानगरखबर

काठमाडौं । जन्मकैदको सजाय पाएका पुर्वसांसद रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदले राष्ट्रपति रामचन्द्र पौडेललाई समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।


आईतवार वसको मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई आममाफीका लागि सिफारिस गरेको हो । 


चौधरीलाई सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त सिफारिस गरेको हो । 


यस अघि राष्ट्रपति कार्यलयमा चौधरीलाई आममाफीको लागि पेश गरेको निवेदनमा राष्ट्रपति कार्यलयबाट निवेदन उपर कानुन बमोजिम कार्वाही गर्न तोक आदेशभएपछि निवेदन गृहमन्त्रालयमा फिर्ता पठाएको थियो । 

                       

सम्बन्धीत समाचारः  रेशम चौधरीको आममाफी प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex