काठमाडौं । रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा माफीको लागि राष्ट्रपति कार्यलयमा पेश गरिएको प्रस्ताव फिर्ता भएको छ ।
चौधरीले आफूलाई कैदमुक्त गर्न माग गर्दै पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार चौधरीको सजाय आममाफी सम्बन्धी प्रस्तावको विषयमा राष्ट्रपति कार्यलयले फिर्ता गरेको हो ।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो ।
टिकापुर घट्नामा दोषी ठहर भई जन्मकैदको जेल सजाय भोगिरहेका चौधरीलाई रिहा गर्नु पर्ने माग लामो समयदेखि उठिरहेको छ ।
२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटना भएको थियो ।
चौधरी २०७४ साल फागुन देखि थुनामा रहेका छन ।
Categorized in राष्ट्रिय