७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय खुल्ला किक बक्सिङग प्रतियोगिता नेता सिंहले गरे उद्घाटन 


प्रकाशित: विहिवार, २१ भाद्र २०८०, १७ः२० बजे
- नवराज कुँवर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले ‘पाँचौ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङग प्रतियोगिता–२०८०’ उद्घाटन गरेका छन ।


विहिवार ललितपुरको गोदावारी नगरपालिकाको चापागाउँस्थित प्याङगाउँमा आयोजित कार्यक्रमको शुुभारम्भ गरेका हुन ।


सो अवसरमा नेता सिंहले किक बक्सिङ प्रतियोगिताको सफलताको शुुभकामना दिँदै खेलको भव्यताका साथ गर्दै आएकोमा बागमति प्रदेश सभासद तथा किक बक्सिङ संघ संरक्षक, राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष खेलकुद जगतका चीरपरिचीत नाम मीनकृष्ण महर्जनको प्रशंसा गरेका थिए ।

 


‘हाम्रो माननिय मिनकृष्ण ज्यूलाई म के भन्छु भने, उहाँले कामले नै देखाईरहनु भएको छ, उहाँले हेर्दै खेरी भव्य तवरले कार्यक्रम आयोजना गर्नुु हुन्छ, उनले भने,‘उहाँ खेलाडीको रुपमा मात्र नभएर खेल जगतको नेतृत्व गर्न सक्ने आफूलाई सावित गर्नु भा को छ ।, उहाँको क्षमतको कारण यो पटक माननियको रुपमा पनि चुुनिनु भा को छ ।’


वीर गणेशमान सिंहका सुुपुुत्र समेत रहेको नेता सिंहले वीर गणेशमानको नेतृत्वमा कम्युनिष्टहरुलाई समेत समेटेर पञ्चयाती शासनको अन्त्य भएको स्मरण गरेका थिए । 


सो अवसरमा बागमति प्रदेश सभासद मीनकृष्णले खेल क्षेत्रलाई राज्यले हेर्नु पर्ने बताएका थिए । 

 


‘यस्तो प्रतियोगिता राज्यले गर्नुु पर्ने हो, सरकारले गर्नुु पर्ने हो, राज्यलाई यो चुनैति पनि हो, राज्यलाई देखाउन पनि यो कार्यक्रम पटक पटक गरेका छौ, उनले भने,‘ यो पाँचौ पटक, भव्य र सभ्य रुपमा, नेपालको सबैभन्दा ठुलो धन राशीको प्रतियोगिता हो यो ।’


उनले यो प्रतियोगित सबैभन्दा पहिलो जावलाखेलमा प्रकाशमान सिंहले उद्घाटन गरेको स्मरण गरेका थिए । 

 


आज विहिवारबाट सुरु भएको यस प्रतियोगिता २२ र २३ गते सम्म सञ्चालन हुने छ । 


यस कार्यक्रममा गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन, वरिष्ठ खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । 

 


ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा कराँते, उसु, बक्सिङ, तेक्वान्दो, आई.टि.एफ., फुल कन्ट्याक्ट कराँते, मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीहरु र सातै प्रदेशका राष्ट्रिय स्तरको खेलाडीहरुको सहभागितमा हुनेछ ।

 


सम्बन्धीत समाचारः एकलाख राशीको पुरस्कारसहित ललितपुरमा राष्ट्रिय किकबक्सिङ प्रतियोगिता हुने (भिडियो)

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex