१७ बैशाख २०८१, सोमबार
Header

एकलाख राशीको पुरस्कारसहित ललितपुरमा राष्ट्रिय किकबक्सिङ प्रतियोगिता हुने (भिडियो)


प्रकाशित: आइतवार, २१ साउन २०८०, १८ः३० बजे
- नवराज कुँवर

काठमाडौं । ललितपुरको गोदावारी नगरपालिकाको चापागाउँस्थित प्याङगाउँमा ‘पाँचौ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङग प्रतियोगिता–२०८०’ हुने भएको छ ।


आईतवार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा पूर्व किक बक्सिङ च्याम्पियन विनोद महर्जनले सो बारे जानकारी दिएका छन । 

 


सो पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले प्रेस विज्ञप्ती पढेर खेल तालिका तथा बिजेता टिमलाई प्रदान गरिने पुरस्कार तथा खेल व्यवस्थापनबारे बताएका थिए ।  


उनले आगामी भाद्र २१, २२ र २३ गते ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ चापागाउँको प्याङगाउँ सो प्रतियोगिता जानकारी दिए ।  


ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने यस प्रतियोगितामा कराँते, उसु, बक्सिङ, तेक्वान्दो, आई.टि.एफ., फुल कन्ट्याक्ट कराँते, मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीहरु र सातै प्रदेशका राष्ट्रिय स्तरको खेलाडीहरुको सहभागितमा हुनेछ ।

 
प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६५, ७० तौल समूह र महिलातर्फ ४५, ५०, ५५, ६० र ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 


यस खेलमा प्रथम हुने टिम च्याम्पियनलाई १ लाख रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । दोस्रो हुनेले ५० हजार नगद प्राप्त गरिने अध्यक्ष महर्जनले बताए । 


त्यसैगरी, प्रतियोगितामा प्रथम हुने प्रत्येक तौल समूहका प्रथम हुने खेलाडीलाई ३० हजार द्वितीय हुने खेलाडीलाई १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही ८/८ हजार नगदसहित मेडल प्रदान गरिने छ । 


त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।


देशभरीबाट खेलाडीहरु भाग लिन आउने हुँदा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यस अघि यस प्रतियोगिता भाद्र ७ देखि ९ गते सम्म हुने जनाइएको थियो ।


यस खेल प्रतियोगिताको कुल बजेट ५२ लाख ८१ ह्जार ६ सय रुपियाँ अनुमानित बजेट रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । 


पत्रकार सम्मेलनमा उपस्थित बागमति प्रदेशका सभासद तथा किक बक्सिङ संघ संरक्षक, राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष खेलकुद जगतका चीरपरिचीत नाम मीनकृष्ण महर्जनले खेल प्रतियोगिताबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए । 

 


सभासद महर्जनले यस प्रतियोतिगामा सरकारको कुनै सहयोग नभएको बताएका छन । उनले अहिले राज्यले खेलाडीहरुलाई वे–वास्ता गरेका कारण सबै खेलाडीहरु विदेश पलयान भइरहेको पनि बताए । 


उनले भने,‘ अहिले सम्म हामीले सरकारको सहयोग पाएका छैनौ, यो सरकारको मुख ताकेर गर्ने पनि होइन, यो सरकारले गर्ने वाला पनि छैन, हामीले धेरै साथीभाइ कमाएका छौं, त्यही साथीभाईको सहयोगले गेम सञ्चालन गर्छौ ।’


नेपालको खेलकुद क्षेत्रमा सबैभन्दा ठुलो राशी राखेर हामीले यो प्रतियोगिता गरिहेकोले यो सरकारले यसबाट केही सिकोस भनेर नै यति ठुलो रकमको पुरस्कार राखेर प्रतियोगिता गर्न लागेको सभासद महर्जनले भने ।

 

 

 

सो अवसरमा गोदवारी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको समेत उपस्थिती रहेको थियो । 

 

तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD