काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घट्नाका दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीले आममाफी पाएका छन ।
आईतवार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चौधरीसहित ५ सय १ जनाले सजाय माफ पाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदको बैठकले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको थियो ।
सोमवार जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर ७ जना जेष्ठ नागरिकसहित उक्त संख्यमा कैद माफ गरिएको दिएको हो ।
संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो ।
दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
टिकापुर घट्नका दोषी चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।
सम्बन्धीत समाचारः रेशम चौधरीको आममाफी प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता
Categorized in राष्ट्रिय