२८ बैशाख २०८१, शुक्रबार
Header

बालेन विरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन


प्रकाशित: आइतवार, १० असार २०८०, १४ः०० बज
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको निवेदन परेको छ । 


आइतबार अधिवक्ता वर्षाकुमार झाले बालेनविरूद्ध निवेदन दिएकी हन । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ ।


गत बिहीबार उच्च अदालत पाटनले सेन्सर बोर्डले पास गरेको हिन्दी चलचित्र हलमा प्रदर्शन गर्न अल्पकालिन आदेश दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए । 


उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए । 


कानुुनविदहरुका अनुसार अदालतको आदेश नमाने अवहेलनमा मुद्दा चल्ने सक्ने बताएका छन ।


सम्बन्धीत समाचारः  अदालतको आदेश नमान्ने बालेनको स्वघोषणाले ‘अवहेलना मुद्दा’ चल्ला ?

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD