२६ बैशाख २०८१, बुधबार
Header

बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न अवरोध गर्ने १३ जना प्रहरी नियन्त्रणमा


प्रकाशित: शनिवार, २४ चैत्र २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न अबरोध गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ।


यस अघि बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले चैत्र २४ गते उपत्यकाको फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका थिए । 


समितिले फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ११ बुँदे माग पेस गरेका थिए । 


सो मागहरु पुरा नभएपछि स्थानीयले फोहोर विसर्जनमा अबरोध गरेका हुन । 

 

सम्बन्धीत समाचारः चैत्र २४ गतेबाट काठमाडौंको फोहोर विर्सजनमा फेरि अवरोध हुने

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD