१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

चैत्र २४ गतेबाट काठमाडौंको फोहोर विर्सजनमा फेरि अवरोध हुने


प्रकाशित: विहिवार, १५ चैत्र २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाको संकलित फोहोर विर्सनमा फेरि रोक लाग्ने भएको छ । 


बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरकार समितिले चैत्र २४ गतेबाट उपत्यकाको फोहोर विर्सजन बन्द गर्ने घोषणा गरेको छ ।


नेपाल सरकार र फोहोर मैला विर्सजन गर्ने काठमाडौं महानगरपलिका समेतले सिसडोल– बञ्चरेडाँ ल्याण्डफिलसाइट प्रभावित क्षेत्रका जनताको समस्याप्रति देखाएको लापारवाहीको कारण बन्द गर्न पुरेको बताएको छ । 


‘सिसडोल– बञ्चरेडाँ ल्याण्डफिलसाइट प्रभावित जनताको कारुणिक ह्दय विदारक अवस्थाको स्थायी समाधान गर्ने तर्फ नेपाल सरकार र काठमाडौं महानगरपालिका समेतले गैर जिम्मेवार भई वेवास्ता गरेका कारण ल्याण्डफिल साइट सधैको लागि बन्द गर्न बाहेक अर्को विकल्प नरहेको व्यहोरा जानकारी गरिन्छ ।’ प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा दर्ता गराएको जानकारी पत्रमा उल्लेख छ । 


उक्त दिन फोहोरमैला निषेधित गर्ने आन्दोलनमा राज्यशक्तिको दुरुपयोग गरी बलपूर्वक फोहोरमैला ढुवानी गराएमा त्यसबाट उत्पन्न हुने भयाभय परिस्थितीको जिम्मेवारी सरकार, काठमाडौं महानरपालिका, गाडी धनी, चालक हुनु पर्ने चेतावनी समेत दिएको छ ।

 
समितिले सरकार समक्ष पेश गरेका ११ बुँदा प्रस्तावहरुमा मानव वस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र, फोहोरमैला प्रदुषणरहित बस्ती विकास क्षेत्र, फोहोरमैला प्रभावित क्षेत्रलाई विशेष संवेदनशिल क्षेत्र निर्णय गरी कार्यान्वयन, फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैला सम्बन्धी उद्योग स्थापना, प्रभावित क्षेत्रका २०० जनालाई सरकारी क्षेत्रमा प्रवेश गराउनु पर्ने लगायत छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex