७ जेठ २०८१, सोमबार
Header

फुटपाथमा रहेका १९ प्रहरी विटमध्ये पुरानो बसपार्कको महानगरले हटायो


प्रकाशित: मंगलवार, १२ बैशाख २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र फुटपाथ (सडक मिचेर)मा रहेको १९ वटा प्रहरी विटमध्ये कामपा २८ स्थित पुरानो बसपार्कको प्रहरी विट हटाएको छ ।


महानगरपालिकाले मंगलवार दिउँसो डोजर लगाई सो प्रहरी विट हटाएको हो । 


प्रहरीसँग समन्व्य गरेरनै प्रहरी विट हटाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन ।

 


पाण्डेले प्रहरी विट हटाएपछि सो ठाउँमा डोजर लगाई सम्माउने काम भईरहेको र यसलाई बाटोको रुपमा प्रयोग गरिने बताए । 


महानगरभित्रका अनधिकृत रूपमा बनाइएका प्रहरी विटहरु हटाउन सुरु गरिएको उनले जानकारी दिए । 


यस अघि महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरका विभिन्न १९ ठाउँमा रहेका प्रहरी बिट सडकपेटी मिचेर बनाइएको भन्दै त्यसलाई हटाउन प्रहरीलाई अनुरोध गरेका थिए ।

 
सम्बन्धीत समाचारः फुटपाथमै १९ वटा प्रहरी विट, हटाउन महानगर प्रमुख बालेनको आग्रह

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD