काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन)ले सडकपेटी (फुटपाथ) बनेको प्रहरी विट हटाउन आग्रह गरेका छन ।
प्रमुख साहले शनिवार काठमाडौं महानगरपालिका भित्र रहेको सडक पेटीमा रहेको प्रहरी विटहरु हटाउन अनुरोध गरेको छ ।
उनले भने,‘ कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।’
‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’ उनले भने ।
कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्ने बताए ।
महानगरपालिका क्षेत्र भित्र फुटपाथमा रहेका प्रहरी विटहरुमा
१.काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित वालुवाटार प्रधानमन्त्री क्वाटर अगाडी,
२. कामपा वडा २६ सामाखुुसिस्थित खोलामाथि ढलान गरेको स्थानमा रहको प्रहरी विट,
३. कामपा ३२ जडिबुटी चोकमा रहेको विट
४. कामपा ९ सिनामंगल चोकमा रहेको प्रहरी विट
५. कामपा ६, चुच्चेपाटीमा रहेको प्रहरी विट
६. कामपा १७, ढल्कोमा रहेको प्रहरी विट
७. कामपा १८, ताम्सिपाँखामा रहेको प्रहरी विट
८. कामपा २९, रुद्रमतीमार्ग मैतीदेवीमा रहेको प्रहरी विट
९. कामपा २७, असन चोकमा रहेको प्रहरी विट
१०. कामपा २२, न्यूरोड पिपलबोटमा रहेको प्रहरी विट
११. कामपा २०, चिकमुगलमा रहेको प्रहरी विट
१२. कामपा १७, धोवी चौरमा रहेको प्रहरी विट
१३. कामपा ३१, धेराउली क्लव प्रहरी विट
१४. कामपा ७, रातोपुल प्रहरी विट
१५. कामपा ६, बौद्ध प्रहरी बृत अगाडीको प्रहरी विट
१६. कामपा १३, तहाचलमा रहेको प्रहरी विट
१७. कामपा १६, माछापोखरी प्रहरी विट
१८. कामपा ३२, पेप्सीकोला चोकमा रहेको प्रहरी विट
१९. कामपा ९, त्रिभुवन विमानस्थल अगाडीको ट्राफिक प्रहरी विट
Categorized in स्थानिय