२० बैशाख २०८१, बिहिबार
Header

प्यंगथाःमा स्थापित रातो मच्छिन्द्रनाथ र याकःमिसाको प्रतिमूर्ति हटाइयो


प्रकाशित: आईतवार, २४ बैशाख २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरको प्यंगथःमा स्थापना गरिएको रातो मच्छिन्द्रनाथ र याकःमिसाको प्रतिमूर्ति हटाइएको छ । 


आईतवार स्थानीयहरुले जनप्रतिनिधि, नेपाल प्रहरी र नगरप्रहरी लगायतको उपस्थितीमा हटाएको हो । 


बैशाख ११ ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले एक विज्ञप्ती जारी सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहाहटाए ललितपुरबाट मच्छिन्द्रनाथको प्रसाद नल्याउने चेतावनी दिएका थिए ।


कीर्तिपुरका सुखी गःछें समाज टोल समितिले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेपछि ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाएको बताए । 


यस कीर्तिपुर नगरपालिकाले पनि सो प्रतिमुर्ती हटाउने निर्णय गरी सुखी गँछेःलाई आग्रह गरेपनि हटाएको थिएन ।


परम्परालाई निरन्तरता दिन तथा विवाद समाधान गर्न मुर्ति व्यवस्थापन गर्नको लागि कीर्तिपुरमा स्थानीयस्तरमा हस्ताक्षर अभियान समेत गरिएको थियो ।


सम्बन्धीत समाचारः प्यंगःथांमा यो पटक मच्छिन्द्रनाथको प्रसाद ग्रहण नगराउने

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD