२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्यंगःथांमा यो पटक मच्छिन्द्रनाथको प्रसाद ग्रहण नगराउने


प्रकाशित: मंगलवार, १२ बैशाख २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले कीर्तिपुरको प्यंगःथामा प्रसाद नलैजाने जनाएको छ ।


सोमवार संघले एक विज्ञप्ती जारी गरी प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति नहटाएसम्म प्रसाद नलजाने बताएका छन ।


‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पनेजु संघको लिखित सहमति वेगर हजारौं वर्षदेखि कुनै मूर्ति नभएको मात्र श्री मच्छिन्द्रनाथको प्रतिनिधिपात्र जलपानेजुले प्रत्येक वर्ष थतिटोलदेखि नाङ्गो खुट्टाले हिंडेर याकःमिसालाई प्रसाद ग्रहण गराउनु पर्ने जीवित परम्पराको विरुद्ध कीर्तिपुरको प्यंगथांमा प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापन गरिएकाले मूर्ति रहुन्जेलसम्म प्रसाद ग्रहण गर्ने गराउने कार्य बन्द गर्ने निर्णय भएको’ जारी विज्ञप्तीमा उल्लेख छ ।  


संघका अध्यक्ष यज्ञरत्न शाक्यले कीर्तिपुरका सुखी गःछें समाज टोल समितिले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेपछि ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाएको बताए । 


सुखी गःछें समाज टोल समितिलाई पुरातत्व विभागले पनि २ वटा पत्र पठाएर मूर्ति हटाउन ताकेता गरेको थियो । तर पनि मूर्ति हटाउने काम नभएकोले प्रसाद लैजान नसक्ने शाक्यको भनाई छ ।


यस अघि कीर्तिपुर नगरपालिकाले सो प्रतिमूर्ति हटाउने निर्णय गर्दै समाजलाई हटाउन आग्रह गरेको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex