काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिको गौशाला धर्मशालामा महानगरको बोर्ड राखेको छ ।
बुधवार प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको हो । वोर्ड राख्ने क्रममा माडवाडी समाज र नगरप्रहरीविच धकेलाधकेल समेत भएको थियो ।
पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाविच धर्मशाला सञ्चालन गर्ने विषयमा सम्झौता भएलगत्तै महानगरले धर्मशाला खाली गर्न नगर प्रहरी पठाएका थिए ।
मारवाडी सेवा समितिले भने सो कार्यको विरोध गर्दै नारावाजी गरेका थिए । उनीहरुले मुद्दाको अन्तिम टुंगो नलागेसम्म धर्मशाला खाली नगर्ने भन्दै प्रदर्शन गरेका थिए ।
धर्मशाला खाली गराउन काठमाडौं –८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो।
महानगर प्रहरीले मंगलवारनै आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न माइकिङ भएको थियो ।
२०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गर्ने गरी सम्झौता भएको थियो ।
सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।
सम्बिधीत समाचारः गौशाला धर्मशाला सञ्चालनको लागि महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेश
Categorized in सम्पदा/संस्कृति