२० आश्विन २०८३, मंगलबार
Header

न्यूरोडमा महानगरले भत्काएको सडक विभागले पिच गरे 


प्रकाशित: सोमवार, २१ जेठ २०८१, २०ः०५
- महानगरखबर

काठमाडौं । सडक विभागको सहमति विना न्यूरोडको जुद्धशालिकदेखि इन्द्रचोक सम्म काटिएको सडक पुन पिच गरिएको छ । 


विभागको टोलीले सोमवार न्यूरोडमा सडक कालोपत्र कार्य सम्पन्न गरेको छ । यस अघि विभागले दिएको २ दिने अल्टिमेटम महानगरले अटेर गरेपछि विभाग आफै आएर सडक पिच गरेको हो ।

 
काठमाडौं महानगरपालिकाले सडक विभागको सहमति विना विस्तार गरेको फुटपाथ रोक्न भन्दै महानगरलाई पत्रचार समेत गरेको थियो । 


केही समययता न्यूरोडका सडक काटिएको भन्दै सडक विभाग र महानगरबीच टसल देखिएको थियो । 


न्यूरोडका स्थानीयवासीले पनि ऐतिहासिक सम्पदा महत्व बोकेको सडक भत्काउन खोजेको भन्दै ‘सेभ न्यूरोड’ भन्दै प्रदर्शन गर्दै आएको छ । 


स्थानीय बासिन्दासँग कुनै पनि छलफल विनानै एकलौटी ढंगबाट महानगरले योजनका काम अघि बढाएपछि असुन्तष्टि जनाएको छ ।


सम्बन्धीत समाचारः न्युरोड सडक तोडफोड गर्नु कानुन विपरित, स्थानीयको विरोध प्रदर्शन
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex