५ जेठ २०८२, आइतबार
Header

तीर्थराम डंगोलको निधनमा महानगरमा आइतवार शोक विदा 


प्रकाशित: शनिवार, १३ बैशाख २०८२, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालिन नगरपञ्चायतका उपप्रधानपञ्चको रुपमा रहेको तीर्थराम डंगोलको निधनमा शोक विदा दिने घोषणा गरेको छ । 


महानगरले भोलि आइतवार अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा दिने भएको हो । 


महानगरका प्रशासन विभागका प्रमुख ध्रुव काफ्ले जारी गरिएको शोक विदामा भनिएको छ,‘उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै मिति २०८२ बैशाख १४ गते, आइतबार (ने. सं. ११४५ चौलागा आमै) का दिन शोक विदा दिने निर्देशानुसार उक्त दिन अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने व्यहोरा अनुरोध गरिन्छ ।’


वि. सं. २००४ साल माघ २९ गते काठमाडौंमा जन्मेका डंगोल काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च (वि. सं. २०४३) भएका थिए ।


महानगरले डंगोलको असामयिक निधन भएको खवरले काठमाडौँ महानगरपालिका परिवार स्तव्ध भएको जनाएको छ । 


‘साथै कठिन घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेख छ । 


डंगोल नेपाली कांग्रेसका नेता हुन भने उनी विगतमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत भएका थिए । 



सम्बन्धीत समाचारः पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex