७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन


प्रकाशित: शनिवार, १३ बैशाख २०८२, ०८ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका नेता, नेवाः आन्दोलनका अगुवा तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । 


केही समयदेखि अस्वस्थ रहका डंगोलको उपचारका क्रममा शुक्रबार साँझ क्यान्सर अस्पतालमा निधन भएको परिवारजनले बताएका छन । 


यस अघि स्वास्थ्यमा समस्या देखिएपछि डंगोललाई अस्पताल भर्ना गरिएको थियो ।  शनिबार टेकुस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी भएको छ । 


७७ वर्षको उमेरमा निधन भएका डंगोल नेपाली कांग्रेसका नेता, पूर्व स्वास्थ्य राज्यमन्त्री, काठमाडौं नगर पञ्चायतका उप– प्रधानपञ्च, न्हूदँ समारोहका पूर्व अध्यक्ष तथा ज्यापु समुदायका विभिन्न संस्थाका संरक्षक थिए ।


डंगोलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex