३ जेठ २०८१, बिहिबार
Header

ट्रकको ठक्करले क्षति पुुगाएको महांकाल मन्दिरमा टेको लगाइयो


प्रकाशित: सोमवार, १५ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । आइतवार राती ट्रकको ठक्करले क्षति पुुगाएको महांकल मन्दिरमा टेको लगाईएको छ । 


काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुर्घट्नास्थलको निरिक्षण गरी क्षति पुुगेको भागमा टेको लगाउन र पानीले बचाउन सो स्थानमा पाल लगाउन निर्देशन दिएका थियो । 


उपप्रमुख डंगोलले मन्दिरका गुर्जु (पुजारी) उज्वल बज्राचार्यसहित स्थानीयबासी, जनप्रतिनिधि तथा सदस्य र इञ्जिनियरहरुसँग छलफल गरेपछि सो निर्देशन दिएकी थिइन । 


उनले मन्दिर पुर्नस्थापना गर्नका लागि पुरातत्व विभाग, गुठी संस्थान, सम्पदा क्षेत्रका विज्ञ, स्थानीय र सरोकारवालासँगको सुझाव र प्राविधिक अवस्थाका आधारमा मन्दिरमा क्षति पुगेको भागको पुर्नस्थापना गर्ने जानकारी दिईन । 


गए राती न.. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । 


सम्बन्धीत समाचारः महांकाल मन्दिरमा गएराति ट्रकले दियो ठक्कर, मन्दिरमा क्षति
 

तस्वीरः काठमाडौं महानगरपालिका 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD