१ जेठ २०८१, मंगलबार
Header

महांकाल मन्दिरमा गएराति ट्रकले दियो ठक्कर, मन्दिरमा क्षति


प्रकाशित: सोमवार, १५ साउन २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । सैनिक मञ्च नजिकै रहेको महांकाल मन्दिरमा गएराती एक ट्रकले ठक्कर दिएको छ । 


द्रुत गतिमा आएको ना.२ क ४० नम्बरको पानि बोक्ने ट्रक अन्दाजी २/३ बजेको समयमा मन्दिरको अगाडी पट्टिको भित्तामा ठोकिन पुुगेको थियो । 


प्रहरीका अनुसार दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन  । 


घाइते चालको अवस्था गम्भिर भएको र हाल उनकोे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 


राती दुर्घट्ना भएको कारण मानविय क्षति भने हुन पाएन । मन्दिरमा क्षति पुुगेपछि गुठियारहरु लगायत सराकारवाला व्यक्तिहरुले छलफलमा रहेको छ । 


ठक्करबाट मन्दिरको भित्ता रहेको भगवानलाई पनि क्षति पुुगेका छ । १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको हो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD