७ जेठ २०८१, सोमबार
Header

जडीबुटीको प्रहरी विट पनि महानगरले हटायो


प्रकाशित: सोमवार, ८ जेठ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिट हटाएको छ । 


कामपा ३२ स्थित रहेको सो प्रहरी विट नगर प्रहरीको डोजरले सोमबार हटाएको महानगरपालिकाले जनाएको छ । 


काठमाडौं महानगरले सडक क्षेत्रमा रहेको प्रहरी विट हाटाउने कार्य अन्तर्गत सो हटाएको हो । यस अघि कामपा २८ को पुरानो बसपार्क र कामपा २९ को मैतिदेखि चोकमा रहेको प्रहरी विट हटाईसकेको छ । 


महानगर प्रमुख बालेन साहले महानगरको सडक मिचेर निर्माण गरिएको १९ वटा यस किसिमका प्रहरी विट हटाउन प्रहरीलाई अनुरोध गरेको थियो ।

 
उनले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि रहेको प्रहरी बिट, सामाखुसी, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्र असन चोक, न्यूरोड पिपलबोट लगायत क्षेत्रमा रहेका प्रहरी विटहरुको विवरण सावर्जनिक गरेका थिए ।

 

सम्बन्धीत समाचारः फुटपाथमै १९ वटा प्रहरी विट, हटाउन महानगर प्रमुख बालेनको आग्रह

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD