काठमाडौँ । काठमाडौं महानगरपालिले समाजका १० वटा क्षेत्रगत विकासको लागि आव्हान गरेको प्रस्ताव मध्ये ८९ प्रस्ताव छनौट भएको छ ।
महानगरको समाजिक विकास विभागमा विकास सहायतको लागि पेश भएको २०४ वटा प्रस्ताव मध्ये उक्त संख्यमा छानिएको हो ।
छनौट भएकाहरुमा एक करोडको रुपियाँ बिनियोजित गरिएको ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ३७ वटा प्रस्ताव छनौट भएका छन । ६४ वटा प्रस्ताव परेका थिए । २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ ।
१० लाख रुपैयाँ विनियोजित गरिएको ‘नमूना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो ।
१ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’ मा २७ वटा प्रस्ताव आएका छन । जसमध्ये १२ वटा छनौट भएका छन । १५ वटा प्रतिक्षा सूचीमा छन ।
२५ लाख विनियोजित गरिएको ‘लागू औषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिँसा विरुद्धको अभियान लगायत सचेतनामूलक कार्यक्रम’ का लागि १४ वटा छनौट भएका छन ।
यसमा ६१ वटा प्रस्ताव पेश भएका थिए भने ४७ वटा प्रतिक्षा सूचीमा छन ।
२० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममो ९ वटा छनौट भएका छन । यसमा १३ वटा प्रस्ताव यीमध्य ४ वटा प्रतिक्षा सूचीमा छन ।
‘विभिन्न स्रष्टाहरुको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन ।
यस्तै ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग’ कार्यक्रमका लागि ७ वटा संघ संस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ ।
यी २ वटा कार्यक्रमका लागि स्थलगत अवलोकन भ्रमण पछि निर्णय लिने समितिको बैठकले निर्णय गरेको छ ।
२० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि ४ वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये २ वटा छनौट भएका छन । २ वटा प्रतिक्षा सूचीमा छन ।
‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा ८ वटा प्रस्ताव पेश भएका थिए । ५० लाख रुपैयाँ बजेट विनियोजन भएको यस शीर्षकमा ६ वटा छनौट भएका छन । २ वटा प्रतिक्षा सूचीमा छन ।
सचेतनामूलक कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ र रोजगारमूलक कार्यक्रमका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउन शिफारिस गरिने छ ।
अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन । यसमा प्रस्तावकको लागत सहभागितासमेत जोडिनेछ ।
बुधवार काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षता बसेको सामाजिक समितिका बैठकले प्रस्ताव छनौटको निर्णय गरेको थियो ।
विकास सहायता कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा प्राप्त भएका लागि २ सय ४ वटा प्रस्ताव पेश भएको थियो ।
प्रस्ताव पेश भएका मध्ये आंशिक कागज पत्र र प्रमाण नपुगेका १०३ वटालाई प्रतिक्षा सूचीमा राखिएको छ भने संस्था दोहोरिएका बाँकीलाई हटाइएको छ ।
प्रस्ताव मूल्याङ्कन गर्न वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो ।
समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी थिईन ।
वित्त विभागका प्रतिनिधिसहितको समितिमा सामाजिक विकास विभाग प्रमुख गोपालप्रसाद पोखरेल सदस्य सचिव छन ।
अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न गत मंसिर १ गते ४ करोड ४५ लाख रुपैयाँका विकास सहायता कार्यक्रम प्रस्ताव माग गरिएको थियो ।
सम्बन्धीत समाचार : क्षेत्रगत विकास कार्यक्रमका लागि महानगरमा २०४ वटा प्रस्ताव पेस
Categorized in समाज