६ बैशाख २०८१, बिहिबार
Header

क्षेत्रगत विकास कार्यक्रमका लागि महानगरमा २०४ वटा प्रस्ताव पेस


प्रकाशित: शुक्रवार, २२ पुस २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले १० वटा क्षेत्रगत विकासको लागि आव्हान गरेको प्रस्तावमा २०४ वटा प्रस्तावहरु पेश भएका छन । 


महानगरको सामाजिक विकास विभागमा विकास सहायताको लागि सो प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । 


शुक्रवार वसेको समाजिक विकास समितिको बैठकले काठमाडौं महानगरपालिका वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको छ । 


समितिको सदस्यहरुमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी चयन भएको छ । 


सो समितिमा वित्त विभागबाट एक जना प्रतिनिधि र सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहने छ । 


दश क्षेत्रमध्ये ४० लाख रुपैयाँ विनियोजित ‘ज्येष्ठ नागरिक मिलन केन्द्रहरुको सकार्यमा विभिन्न कार्यक्रम सञ्चालन’ कार्यक्रमका लागि कुनै पनि प्रस्ताव पेश भएको छैन । 


सो विषयमा अध्यक्ष श्रेष्ठले छनौट प्रक्रियाका लागि मापदण्डहरु निर्माण भईरहेको जानकारी दिए । 


श्रेष्ठले जेष्ठ नागरिक मिलन केन्द्रका लागि कुनै पनि प्रस्ताव नपरेकोमा आफू पनि अचम्म भएको बताएका छन । 


अन्य ९ वटा क्षेत्रहरुमा भने प्रस्तावहरु आएका छन । ‘लागू औषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिँसा विरुद्धको अभियान लगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ६३ वटा प्रस्ताव पेश भएका छन । 


२० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका छन ।


अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन ।


‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग’ कार्यक्रमका लागि ६ वटा संघ संस्थाको प्रस्ताव परेको छ । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ ।


१ करोड रुपैयाँ विनियोजित ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग’ शीर्षकमा ८१ वटा प्रस्ताव परेका छन । यस्तै २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि ४ वटा प्रस्ताव पेश भएका छन ।


‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा ७ वटा प्रस्ताव पेश भएका छन । यस शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 


‘नमूना छात्रा सांसद कार्यक्रम’ लागि १० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’ मा २६ वटा प्रस्ताव आएका छन ।


४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD