२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा सापारु (गाईजात्रा)को रुट सार्वजनिक, यी रुटमा सवारी प्रवेश निषेध


प्रकाशित: सोमवार, ११ भाद्र २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा मनाईने सापारु (गाईजात्रा)को रुट सार्वजनिक गरिएको छ । 


सोमवार सरोकारवालाहरुसँग बसेको बिभिन्न संघ, संस्था, खलः र क्लबको आयोजनामा गाईजात्रा मनाउनको लागि व्यवस्थापन तथा रुटबारे छलफल गरिएको हो । 


बैठकमा संघ, संस्था, खलः, क्लब र स्थानियले बिभिन्न स्थानमा पिउने पानी, प्राथमिक उपचार, शौचालय, फोहोरमैला र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने भएको बैठकमा सहभागी अन्जितमान डंगोलले जानकारी दिए ।  


काठमाडौंमा भाद्र १४ क्वाति पुुन्हि, गाईजात्रा र १५ गते पनि गाईजात्रा मनाउने भएकोले सो व्यवस्थापनको लागि काठमाडौं महानगर प्रहरी बल, प्रहरी बृत्त जनसेवा तथा उपत्यका ट्राफिक प्रहरीले प्रमुखले शान्ति, सुरक्षा र ट्राफिक व्यवस्थापनको विषयमा छलफल भएको थियो । 


त्यसैगरी बैठकमा विगत केही बर्षयता गाईजात्रामा अनाधिकृत माग्नेहरु देखिएकोले सोलाई नियन्त्रण गर्न व्यवस्थापनमा सहभागी संघ, संस्थाले प्रहरीको सहयोगमा सो कार्य नगर्न दिने भएको छ । 


काठमाण्डौंमा वर्ष भरी दिवंगत भएका आत्माको चिरशान्तिको कामनाको लागि  मनाइने सापारु (गाईजात्रा) मनाईन्छ । यस दिन दिवंगतहरुका आफ्न्तहरुले गाईको भेषमा रुट परिक्रममा गर्ने गरिन्छ ।  


सो दुुई दिन गाईजात्रा व्यवस्थापनको निर्णय अनुसार दुई दिन सो रुटका लागी जात्रा समय अवधि भर सवारी साधनहरुलाई पूर्ण रुपमा प्रबेश र पार्किङ निषेध गरिएको छ । सो दिन सवारी धनीलाई बैकल्पिक बाटो प्रयोग समितिले आग्रह समेत गरेको छ ।

 


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएपनि उपत्यकामा फरक फरक मितिमा जनैपर्णिमा र गाईजात्रा मनाईदैछ । 


ललितपुरमा १३ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन । 


भक्तपुरमा भक्तपुर नगरपालिकाले सूचना प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात सापारु पर्व मनाउने निर्णय गरेको छ । 


सम्बन्धीत समाचारः ललितपुरमा १४ गते सापारु, काठमाडौं र भक्तपुरमा कहिले ?

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD