२५ बैशाख २०८१, मंगलबार
Header

ललितपुरमा १४ गते सापारु, काठमाडौं र भक्तपुरमा कहिले ?


प्रकाशित: मंगलावर, ५ भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरमा यो बर्ष भाद्र १४ गते गाईजात्रा (सापारु) मनाईने भएको छ । 


जात्रा सम्पर्क व्यक्ति उत्तम राज शाक्यले १४ गते गाईजात्रा मनाईने र भोली पल्ट मत या: दीपयात्रा हुने जानकारी दिए । 


उनले भने,‘ काठमाडौं, भक्तपुर र ललितपुरमा सापारु फरक दिनमा हुने भएको छ, ललितपुरमा तिथि अनुासर नै ज्योतिषहरुले तोकेको समय भएकोले १४ गते सापारु मनाउँछौ ।’


भक्तपुरमा गुंःपुन्हि (क्वाति) भाद्र १३ गते र सापारु १४ गते मनाउने भएको छ । भक्तपुरले तलेजुुको पुजारीको उपस्थितीमा सो निर्णय गरेको बताएको छ । 


भक्तपुरका स्थानीय सत्य शर्माले पनि भक्तपुरमा १३ गते पुन्हि हुने र १४ गते गाइजात्रा निकालिने बताएका छन । 


काठमाडौमा भने भाद्र १४ गते गुुंःपुन्हि र १५ गते सापारु निकालिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD